पोखरा – आइतबार कास्कीका ४३० सहित गण्डकीमा थप ६९९ जनामा कोरोना भाइरस पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६९७ जनाको नमुना परीक्षण गर्दा ६९९ जनामा संक्रमण पुष्टि भएको हो।
आज कास्कीमा ४३० जना, तनहुँमा ७७ जना, गोरखामा १०४ जना, लमजुङमा १५ जना र नवलपुरका एक जनामा कोरोना पुष्टि भएको छ।
यस्तै स्याङ्गजामा २६ जना, पर्वतमा २२ जना, बाग्लुङमा २१ जना, म्याग्दीमा २ जना र मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज गण्डकीमा पुष्टि भएकासंगै कोरोना संक्रमितको कूल संख्या २३ हजार २२९ पुगेको छ । जहाँ ५ हजार २०१ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २१४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १७ हजार ७६५ पुगेको छ ।
आइतबार गण्डकीमा कोरोना संक्रमणका कारण अहिलेसम्मकै उच्च संख्यामा मृत्यु पुष्टि भएको छ । जारी विज्ञप्ति अनुसार पोखराका विभिन्न अस्पतालमा उपचारत १२ जना संक्रमितको आइतबार मृत्यु पुष्टि भएको हो ।
मृतकहरु कास्कीका छ जना, पर्वतका दुई जना, म्याग्दीका एक जना र स्याङ्गजाका दुई जना गरी १० जना छन् भने, एक जना रुपन्देही जिल्ला घर भइ हाल पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचाररत ६० वर्षीय पुरुष रहेका छन् ।
आज मृत्यु पुष्टि भएका १२ संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २६३ पुगेको निर्देशनालयले जनाएको छ।














सम्बन्धित खबर
बिरुवा आधारभूत अस्पताल सञ्चालनमा
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल
४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण