नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । हिजो प्रचण्ड र सीताको वैवाहिक वर्षगाँठ हो ।
त्यसै अवसरमा सामाजिक सन्जालमा सार्वजनिक एक तस्वीरमा सीता निकै दुब्ली र कमजोरजस्तो देखिएकी छन् । सो तस्वीरमा सीतासँगै उनका पति प्रचण्ड, छोरी र नातिनीहरु छन् ।
पारिवारिक स्रोतका अनुसार उनलाई पाइपबाट हल्का खाना खुवाउने गरिएको छ । ‘हातखुट्टा चल्दैनन्, आँखा जुधाएर हेर्न सक्नुहुन्न, दिसा–पिसाब गराइदिनुपर्छ, खाना पनि झोलजस्तो बनाएर पाइपबाट खुवाइदिनुपर्छ ।’
दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् । यो रोग पूर्णरुपमा निको नहुने र रोकथाममात्र गर्न सकिने चिकित्सकहरु बताउँछन् ।
सीतालाई यसअघि अमेरिका, सिंगापुर र भारतका विभिन्न अस्पतालमा लगेर उपचार गराइसकिएको छ ।
सम्बन्धित खबर
माल्टा पठाईदिन्छु भन्दै ७ लाख बढी रकम ठगी गरेको आरोपमा शाही पक्राउ
श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
धादिङका दुई युवक डेढ किलो गाँजा सहित पोखराबाट पक्राउ
बागलुङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
पेट्रोल र डिजेलको मूल्य घट्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका