पोखरा – कोरोना संक्रमणका कारण सोमबार गण्डकीमा थप ८ जनाको मृत्यु पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी चौथो विज्ञप्ति अनुसार गण्डकीमा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको हो ।
यसअघि आज बिहानको पहिलो विज्ञप्तिमा दुई जनाको मृत्यु पुष्टि भैसकेको छ ।
मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला, पोखरा महानगरपालिका -७ निवासी ६७ वर्षीय पुरुष छन् । गत बैशाख २० गते कोरोना पुष्टि भएर उपचारका लागि मणिपाल शिक्षण अस्पताल भर्ना भएका उनको आइतबार दिउँसो २:२० बजे मृत्यु भएको हो।
यस्तै, पोखरा -१३ निवासी ८७ वर्षीय होम आइसोलेसनमा बसेका पुरुषको आज बिहान ७ बजे मृत्यु भएको छ । उनमा गत २४ गते कोरोना पुष्टि भएको थियो।
यस्तै, स्याङ्गजा जिल्ला फेदीखोला गाउँपालिका -९ निवासी ६२ वर्षीया महिलाको आइतबार बेलुका ६:४५ बजे मृत्यु भएको छ । गत बैशाख २३ गते कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना भएकी उनको उपचारका क्रममा ज्यान गएको अस्पतालले जनाएको छ।
यस्तै, स्याङ्गजा जिल्ला गल्याङ नगरपालिका -३ निवासी ८४ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । गत बैशाख २१ गते कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि चरक मेमोरियल अस्पताल भर्ना भएका उनको आइतबार राति ८ :४५ बजे मृत्यु भएको हो ।
यस्तै, म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ निवासी ३७ वर्षीय पुरुषको मृत्यु पुष्टि भएको छ । गत बैशाख २३ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना भएका उनको आज बिहान ६:३० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै, रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका -१ निवासी ३४ वर्षीय पुरुषको पोखरामा मृत्यु भएको छ । आइतबार मात्रै कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि फिस्टेल अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा आज बिहान ८ बजे मृत्यु भएको हो ।
यस्तै, पर्वत जिल्ला कुश्मा नगरपालिका -१ निवासी ६५ वर्षीय पुरुषको आइतबार दिउँसो १ बजे मृत्यु भएको छ।गत बैशाख २१ गते कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि बाग्लुङस्थित धौलागिरी अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै, तनहुँ जिल्ला भानु नगरपालिका-१ निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । आइतबार कोरोना पुष्टि भएर उपचारका लागि दमौली अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।
आज गण्डकीमा थप भएका मृतकसंगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २७३ पुगेको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?