पोखरा – गण्डकीमा सोमबार थप ६५३ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १३३ जनामा गरिएको नमुना परीक्षणमा ६५३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज गण्डकी अन्तर्गतका जिल्लाहरु कास्कीमा २९८ जना, तनहुँमा २२ जना, गोरखामा २२ जना, लमजुङमा ३७ जना र नवलपुरमा ८६ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, स्याङ्गजामा १५ जना, पर्वतमा ५० जना, बाग्लुङमा ५८ जना, म्याग्दीमा ६३ जना र मुस्ताङ र मनाङमा थप एक – एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २३ हजार ८८२ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीबाट ३०८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा अहिलेसम्म १८ हजार ७३ जना कोरोनामुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीमा थप १३ जनाको मृत्यु पुष्टि भएको छ । योसंगै, प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २७६ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
















सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’