केन्द्रमा जसपाको हालत जे छ, त्यसलाई माथ दिने गरी गण्डकीमा राष्ट्रिय जनमोर्चा अघि बढेको छ । गण्डकी प्रदेशसभामा ३ सदस्य रहेको जनमोर्चामा नयाँ सरकार गठन सम्बन्धमा विवाद सतहमा आएको हो ।
सचेतक पियारी थापाले आफ्नो लेटरप्याडमा पत्र लेख्दै अन्य दुई सांसदलाई काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीलाई मुख्यमन्त्रीमा मतदान गर्न ह्वीप जारी गरेकी छन् ।
पियारीले सचेतकको हैसियतमा संसदीय दलका नेता कृष्ण र सांसद खिमविक्रमलाई ह्वीप जारी गरेकी छन् । तर, संसदीय दलको बैठक नै नबसेको दुई सांसदहरुले प्रतिक्रिया दिएका छन् ।
जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा र खिमविक्रम शाही एमाले सरकारतिरै लचिलो थिए । पियारी थापा मात्र मुख्यमन्त्री विरुद्ध खरो रुपमा उत्रेकी थिइन् ।


उसो त, पियारी केन्द्रकै निर्देशनमा अघि बढेको बुझिएको छ । अहिले उनी कोरोना संक्रमणपछि होम आइशोलेशनमा छिन् । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन दिने पार्टी निर्णय गरेको बताइरहेका छन् ।
जनमोर्चाका सांसदलाई फकाउन केन्द्रबाट जनमोर्चाका महासचिव मनोज भट्ट पोखरा आएको हप्ता नाघिसकेको छ । तर, एमालेको सहयोगविना चुनावमा नजितिने, काँग्रेससँग दशकौं दुश्मनी रहेका कारण पनि बाग्लुङे जनमोर्चा नेताहरु केन्द्रको निर्णय मानिरहेका छैनन् । सामाजिक सञ्जालमा पनि केन्द्रको निर्णयमा खरो प्रतिवादमा बाग्लुङे जनमोर्चाका कार्यकर्ताहरु देखिएका छन् ।
नयाँ सरकार कहिले ? पियारीलाई हतारो, कृष्ण र खिमविक्रम अन्कनाउँदै
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो