आँबुखैरेनीतर्फ आउंदै गरेको ट्रक मर्स्याङदीमा खस्यो, चालक र सहचालकको मृत्यु

आँबुखैरेनीतर्फ आउंदै गरेको ट्रक मर्स्याङदीमा खस्यो, चालक र सहचालकको मृत्यु

muglin-aabukhaireni

तनहुँ – मुग्लिङबाट आँबुखैरेनी तर्फ आउंदै गरेको ट्रक मर्स्याङदी नदीमा खस्दा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ – आँबुखैरेनी सडमा पर्ने आँबुखैरेनी गाउँपालिका -४ स्थित पावरहाउस नजिकै ना ३ ख ९९७३ नंवरको ट्रक सडकबाट अन्दाजी १०० मिटर तल मर्स्याङदी नदीमा खस्दा बाग्लुङ गलकोट -८ बस्ने ३७ वर्षीय जय कंडेल र सहचालक सोही स्थानका ३५ वर्षीय मिन बहादुर कँडेलको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

दुर्घटनाको कारणबारे खुलिसकेको छैन । यद्यपी घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ