काठमाडौं । आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले बताएका छन् । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएपछि यो अवस्था अझै ३ हप्ता रहने उनले बताएका छन् ।
यो ३ हप्ता दुःख सहेर भएपनि घरभित्र नै बस्न उनको सुझाव छ । डा. पाण्डेले ३ हप्ता पछि संक्रमणको दर विस्तारै घट्दै जाने पनि बताएका छन् ।
यसैगरी, उनले जीवनको तुलनामा दु:ख सानो भएकाले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् । डा. पाण्डेले पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन आग्रह गरे ।
उनले ६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानी/स्यानिटाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सवै नागरिकलाई अपिल गरेका छन् । यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरी सरकारले गरेको कडाइलाई साथ दिँदै सेल्फ लकडाउनमा बस्न पनि डा. पाण्डेले आग्रह गरेका छन् ।
कोरोना महामारी रोकथाम भन्दा उपचार निकै कठिन र जोखिमपूर्ण भएकाले यो ३ हप्ता दुःख सहन सवैमा उनको आग्रह छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु