काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रदेश सांसद पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
कोरोना संक्रमण भएपछि काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएका चौलागाईंको बुधबार विहान अन्त्येष्टि गरिएको हो ।
अन्त्येष्टिमा एमाले वागमती इन्चार्ज समेत रहेका गृहमन्त्री रामबहादर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पूर्वमन्त्री तथा एमाले वागमती प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेल, नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङलगायतका नेता कार्यकर्ताहरु उपस्थित थिए ।
यस अघि अस्पताल परिसरमा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले चौलागाईंको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए भने नेकपा एमालेका अनुुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।
नेता चौलागाईँ दोलखा ख बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । पार्टी भित्र र बाहिर भद्र, शालीन र बौद्धिक व्यक्तित्वको रुपमा परिचित चौलागाई दोस्रो संविधानसभामा संविधान सभा सदस्य थिए । युवा संघ नेपालका पूर्व अध्यक्ष चौलागाईं २०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
यसैबीच, दोलखाका प्रतिनिधिसभाका सांसदसमेत रहेका सञ्चारमन्त्री गुरुङले नेता चौलागाईंको निधनप्रति गहिरो दुुःख व्यक्त गरेका छन् । गुरुङले दोलखाली जनताले आफ्नो प्यारो नेता गुुमाएको, नेपालको कम्युनिष्ट आन्दोलन र आफूूहरुले भद्र, शालीन, बौद्धिक अभिभावक गुमाउनु परेको बताएका छन् ।
स्वर्गीय नेता चौलागाईंका श्रीमती, छोरा र दुुई छोरी छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’