कोरोनाबाट रेडियोका स्टेशन म्यानेजर चौधरीको मृत्यु

कोरोनाबाट रेडियोका स्टेशन म्यानेजर चौधरीको मृत्यु

corona death

रौतहट । रेडियो मधेस मसला गरुडाका स्टेसन म्यानेजर मनोज कुमार चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

गरुडा नगरपालिका घर भएका पत्रकार चौधरीको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा बुधबार साँझ साढे ६ बजे मृत्यु भएको हो ।

घरमै रहेका बेला कोरोना संक्रमित भएका ४० वर्षीय चौधरी पछिल्लो २ सातादेखि नारायणी अस्पताल वीरगञ्जमा उपचाररत रहेका थिए ।

कोरोना संक्रमणका कारण मंगलबार मात्रै प्रेस युनियनका कोषाध्यक्ष रामादेवी यादवको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ