पोखराका युवा व्यवसायी किसान सुनार गण्डकी चेम्बर अफ कमर्स गण्डकीको अध्यक्षमा मनोनित भएका छन् ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरको विधान अनुसार सुनारलाई आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा मनोनयन गरेका हुन् ।
उनी पोखरा चेम्बर अफ कमर्स कास्कीका संस्थापक अध्यक्ष हुन् । उनको कार्यकालमा देशभरीका जिल्ला चेम्बरहरुमा कास्की उत्कृष्ट भएको थियो । त्यस वापत कास्की नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएको अध्यक्ष सुनारले जानकारी दिए ।
‘सबै तहका उद्योगी व्यवसायीलाई समेटेर कास्कीको संस्थागत संरचना विस्तार गरेका थियौं,’अध्यक्ष सुनारले भने, ‘कास्कीलाई जस्तो प्रदेशलाई समेत नमुना र उदाहरणीय बनाउने योजना छ ।’
उनले सबै जिल्लाका उद्योगी व्यवसायीलाई समेटेर १९ सदस्यीय कार्य समिति बनाउने बताए । यसभन्दा अगाडि गण्डकी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा यदुनाथ अधिकारी थिए ।
सम्बन्धित खबर
१६ औं हिसान कास्की स्पोर्टस मिट जारी
पाँचौ युनिप्स खेल महोत्सवमा एथलेटिक्सका खेल सुरु, समापन आज
बेगनासतालको मोटरबोटलाई पोखरा महानगरले बन्द गरिदियो
‘कन्दरा लाइभ कन्सर्ट’ पुस २७ गते पोखरा प्रदर्शनी केन्द्रमा
तनहुँमा डेंगु सङ्क्रमणबाट थप एक बालकको मृत्यु
आइटीएफ जे–३० मा सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका