हाँस्य अभिनेता शिवहरि पौड्याललाई कोरोना संक्रमणको कारण श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
राजधानीको नैकापस्थित एपीएफ अस्पतालमा उनको उपचार भैरहेको छ । अहिले उनलाई आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार गरिएको छ । कोरोनाको पहिलो लहरमा अर्का हाँस्य अभिनेता मनोज गजुरेललाई पनि गम्भिर अवस्थामा पुर्याएको थियो ।
कोरोनाका कारण कलाकार मदनकृष्ण श्रेष्ठ पनि उपचार गराइरहेका छन् । कोरोना संक्रमित भएर ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि उनी घर फर्किएका थिए । तर, श्वासप्रश्वासमा समस्या आएपछि मदनकृष्णलाई फेरि अस्पतालमा भर्ना गरिएको हो ।
यस्तै, कलाकार सरिता लामिछाने, उनका श्रीमान् निर्देशक ऋषि लामिछाने र उनकी छोरी पनि कोरोना संक्रमणका कारण घरमै आइसोलेसनमा छन् ।
नायिका शिल्पा मास्के, वर्षा राउत पनि कोरोनाका कारण आइसोलेसनमै छन् । वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन पनि कोरोना संक्रमित भएका छन् । यस्तै, निर्देशक तथा कलाकार दीपक आचार्य पनि कोरोना संक्रमित भएपछि घरमै आइसोलेसनमा छन् । नायिका केकी अधिकारी र गायक प्रकाश सपुतले भने कोरोनालाई जितेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित