पोखरा – प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आवमा गण्डकी प्रदेशबाट ५९ हजार २४१ जना बेरोजगार यूवा सूचिकृत भएकोमा ६ हजार २ सय ५३ जनाले मात्र औसत १८ दिनको रोजगारी पाएको देखिएको छ ।
चालु आवको हालसम्मको विवरण हेर्दा गण्डकी प्रदेशमा उक्त रोजगारी पाएका श्रमिकले कुल १ लाख १५ हजार दिन काम गरेको देखिन्छ ।
चालु आवमा गण्डकीबाट १ हजार १२ वटा आयोजनाहरु समावेश थिए । मन्त्रालयले प्रदान गरेको बजेटबाट श्रमिकलाई ३ करोड ९५ लाख रुपैयाँ ज्याला रकम वितरण गरेको देखिएको छ ।

बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यका साथ शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ११ अर्ब ६० करोड बजेट विनियोजन गरिएको थियो। उक्त बजेटबाट सरकारले २ लाख बेरोजगार युवालाई १०० दिनको रोजगारी प्रदान गर्ने लक्ष्य लिएको थियो ।
मन्त्रालयले आगामी वर्ष २०७८/७९ को बजेटको गृहकार्य गरिरहँदा चालु आवको कार्यक्रमबारे समीक्षा गर्दा लक्ष्यअनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।
यद्यपी, कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले सरकारले बजेट विनियोजन गरिसकेको अवस्थामा पनि लक्ष अनुसार काम गर्न नसकिएको मन्त्रालयको निष्कर्ष छ ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन