स्याङ्जा । देशभर अक्सिजन अभाव भईरहदा स्याङ्जामा अक्सिजन अभाव हुन नदिन अटो ईन्जिनियरिङ एसोसिएसन स्याङ्जाले अभियान थालेको छ ।
अभियान अन्तर्गत जिल्लाका विभिन्न अस्पतालहरुमा अक्सिजनका सिलिन्डर वितरण गरिएको छ । अक्सिजन अभाव हुन नदिन वालिङमा रहेको गरौं प्रथामिक अस्पतालमा ११ वटा सिलिन्डर वितरण गरेको र गल्याङ नगर अस्पताललाई पाँच वटा सिलिन्डर वितरण गरिएको छ ।
अटो ईन्जिनियरिङ एसोसिएसन स्याङ्जाले कतिपय स्थानमा लुकाई छिपाई राखिएका अक्सिजन सिलिन्डर पनि जफत गरेको छ ।
बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना
अक्सिजनको अभावमा देशका विभिन्न अस्पतालमा कोभिड–१९ संक्रमित छटपटाइरहेका बेला म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ ।
बेनी अस्पतालमा खाली सिलिन्डर पनि भर्न मिल्ने गरी सञ्चालन गरेको अक्सिजन प्रशोधन केन्द्र लाई अक्सिजन बैंकको रूपमा परिणत गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले अहिले संक्रमितलाई आवश्यक अक्सिजनको जोहो गरिरहेको छ । त्यसका साथै तीव्र रूपमा फैलिएको कोरोना भाइरसका संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन बजारमा खाली रहेका अक्सिजनका सिलिण्डर संकलन गरी अक्सिजन भर्न थालिएको अस्पतालले जनाएको छ ।
सम्बन्धित खबर
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
म्याग्दीमा भिरबाट लडेर वृद्धको मृत्यु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह