स्याङ्जामा अक्सिजन अभाव हुन नदिने, बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

स्याङ्जामा अक्सिजन अभाव हुन नदिने, बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

oxygen-tank-cylinder-regulator-gauge

स्याङ्जा । देशभर अक्सिजन अभाव भईरहदा स्याङ्जामा अक्सिजन अभाव हुन नदिन अटो ईन्जिनियरिङ एसोसिएसन स्याङ्जाले अभियान थालेको छ ।

अभियान अन्तर्गत जिल्लाका विभिन्न अस्पतालहरुमा अक्सिजनका सिलिन्डर वितरण गरिएको छ । अक्सिजन अभाव हुन नदिन वालिङमा रहेको गरौं प्रथामिक अस्पतालमा ११ वटा सिलिन्डर वितरण गरेको र गल्याङ नगर अस्पताललाई पाँच वटा सिलिन्डर वितरण गरिएको छ ।

अटो ईन्जिनियरिङ एसोसिएसन स्याङ्जाले कतिपय स्थानमा लुकाई छिपाई राखिएका अक्सिजन सिलिन्डर पनि जफत गरेको छ ।

बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

अक्सिजनको अभावमा देशका विभिन्न अस्पतालमा कोभिड–१९ संक्रमित छटपटाइरहेका बेला म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ ।

बेनी अस्पतालमा खाली सिलिन्डर पनि भर्न मिल्ने गरी सञ्चालन गरेको अक्सिजन प्रशोधन केन्द्र लाई अक्सिजन बैंकको रूपमा परिणत गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले अहिले संक्रमितलाई आवश्यक अक्सिजनको जोहो गरिरहेको छ । त्यसका साथै तीव्र रूपमा फैलिएको कोरोना भाइरसका संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन बजारमा खाली रहेका अक्सिजनका सिलिण्डर संकलन गरी अक्सिजन भर्न थालिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ