पोखरा महानगरपालिकाले गठन गरेको लेखनाथस्थित तालहरुको मापदण्ड सम्बन्धी अध्ययन समितिले प्रतिवेदन बुझाएको छ ।
डाक्टर सोमनाथ सापकोटाको संयोजकत्वमा गठित समितिले तयार पारेको लेखनाथस्थित तालहरुको मापदण्ड सम्बन्धी अध्ययन प्रतिवेदन पोखरा महानगर प्रमुख मानबहादुर जिसीलाई आइतबार बुझाएको हो । संयोजक सापकोटाले महानगर प्रमुख जिसीलाई प्रतिवेदन बुझाएका हुन् ।
समितिको सदस्यमा खिमलाल गौतम, हरिबहादुर भुजेल, अनुप गुरुङ, आमन्त्रित सदस्य गगन ढकाल, जगन्नाथ कोइराला र सदस्य सचिवमा आशोककुमार सुनार रहेका थिए । प्रतिवेदनमा तालको मापदण्ड, तालहरुको विशेषता अनुसार सौन्दर्यकरण र तालको दीर्घकालीन संरक्षणलाई जोड दिएर समितिले प्रतिवेदन तयार पारेको छ । तालको मापदण्ड परिमार्जन गर्न समितिले सुझाव पनि दिएको छ ।
प्रतिवेदन बुझाउने कार्यक्रममा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, महानगरका सूचना अधिकारी भरतराज पौडेल, समितिका सदस्यहरु लगायतको उपस्थिति थियो ।
सम्बन्धित खबर
पृथ्वी राजमार्ग पश्चिम खण्डकाे २० किमि सडक ६ लेनको बन्ने
शान्ति श्रीस मगरको ‘जाम हिँड साइली’ सार्वजनिक
सती कथा संग्रहको विमोचन
उपन्यास ‘सन् एण्ड स्याडो’ लोकार्पण
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस प्रभातफेरी कार्यक्रम गरी मनाइयो
पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तमलाई हातपात गर्ने गोविन्द पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका