गण्डकी प्रदेशमा अक्सिजन ग्यासको अभाव नभएको बताइएको छ । प्रदेशका ११ वटै जिल्लामा आवश्यकता अनुरूपमा अक्सिजन आपूर्ति भइरहेको गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले आज आइतबार सार्वजनिक गरेको जिल्लागत अक्सिजन विवरणमा लमजुङ, तनहुँ र मनाङमा बाहेक अन्य आठ वटा जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएर उत्पादनसमेत भइरहेको छ । लमजुङ र मनाङमा प्लान्ट स्थापना भएको तर ग्यास उत्पादन प्रक्रियामा रहेको छ भने तनहुँमा प्लान्ट स्थापनाका लागि टेन्डर प्रक्रिया सुरु भएको छ ।
गण्डकीमा ५६ सय ३२ अक्सिजन ग्यास सिलिन्डर रहेकोमा दैनिक ८०० सिलिन्डर ग्यास खपत हुने गरेको छ । यी सबै ग्यास पर्याप्त मात्रामा आपूर्ति भइरहेको तथ्याङ्कले जनाएको छ । गण्डकीमा १४ सय ८९ सिलिन्डर अक्सिजन ग्यास उत्पादन भइरहेको निर्देशनालयले जनाएको छ ।
विस्तृत विवरण यहाँ हेर्नुहोस्:
सम्बन्धित खबर
पोखराका १६ वर्षीय बालक सहपाठीलाई ब्ल्याकमेल गरेपछि पक्राउ
राष्ट्रिय युवा संघ गण्डकी इञ्चार्जमा अर्जुन ‘निर्जन’, कास्की इञ्चार्जमा विक्रम
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शन
देश बनाउन अब एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका