पोखराका परिचित डा. अमर नागिला पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डिनमा नियुक्त भएका छन् । विश्वविद्यालयको सोमबार बसेको कार्यकारी परिषद्ले डा. नागिलालाई डिनमा नियुक्त गरेको हो । नागिला हाल स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेसका सहप्राध्यापक हुन् ।
यस्तै, परिषद्ले मानविकी तथा समाजशास्त्र संकायको डिनमा डा. अजय थापा र विज्ञान तथा प्रविधि संकाय डिनमा डा. रमेशकुमार ठगुराठीलाई नियुक्त गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।
डा. अजय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङका सह–प्राध्यापक हुन् भने डा. ठगुराठी स्कुल अफ ईञ्जिनियरिङका सह–प्राध्यापक हुन् । डिनको कार्यकाल चार वर्ष हुन्छ ।
विश्वविद्यालयको परीक्षा नियन्त्रकमा चार वर्षका लागि डा. तुल्सीराम भण्डारी नियुक्त भएका छन् । भण्डारी स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेसका सह–प्राध्यापक हुन् ।
डा. नागिला पोखरामा न्यूरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सञ्चालक हुन् । जुन ल्याब पोखरामा प्राइभेट क्षेत्रबाट पीसीआर परिक्षण गर्ने पहिलो ल्याब हो ।
यही ल्याबमा तीन साता अघि गण्डकी प्रदेशका एक सांसदको रिपोर्ट तुरुन्तै पोजिटिभ आएको भनेर चर्को बहस भएको थियो । राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाहीको वैशाख १४ गते निकालिएको स्वाबको नतिजा १५ वैशाखमा प्रदेश स्वास्थ्य निर्देशनालयको ल्याबबाट नेगेटिभ आएको थियो । जबकि त्यही दिन लाइफकेयरमा पोजिटिभ आएको थियो ।
अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूची रहँदाकै दिन निर्णायक मत रहेका सांसद शाहीलाई चरक हस्पिटलमा कोरोना आईसियू कक्षामा राखेर लाइफ केयरबाट पोजिटिभ रिपोर्ट निकालेको भनेर जनस्तरमा चर्चा चलेको थियो ।
ल्याबको आलोचना हुन थालेपछि डा. नागिलाले राजनीतिक जोडघटाउसँग आफ्नो ल्याबको कुनै सम्बन्ध नरहेको स्पष्टीकरण विज्ञप्तिमार्फत दिएका थिए । आजको नियुक्ति बाघ कराउनु र बाख्रा हराउनु झैं भएको छ । यद्यपी, उनलाई नजिकबाट चिन्नेहरु डा. नागिला सक्षम र योग्य व्यक्ति हुन् भन्छन् ।
डा. श्रीकृष्ण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रीकृष्ण श्रेष्ठ नियुक्त भएका छन् । यसअघि प्रतिष्ठानको डिनमा डा. नरेन्द्रविक्रम गुरुङ थिए । यस्तै, प्रतिष्ठानको डाईरेक्टरमा डा. भरत खत्री नियुक्त भएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षत्रीले सोमबार श्रेष्ठलाई डिन नियुक्त गरेका हुन् । वरिष्ठ बाल रोग विशेषज्ञ डा. श्रेष्ठ तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पूर्व मेडिकल सुपरिटेन्डेण्ट थिए ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटमा निवासी डा. श्रेष्ठ विगत दुई दशकभन्दा बढी समयदेखि स्वास्थ्य क्षेत्रमा आवद्व छन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु