सर्प जोगाउने कतिलालाई कोरोनाले जोगाएन

सर्प जोगाउने कतिलालाई कोरोनाले जोगाएन

Mahendra Katila

पोखरा । सर्प संरक्षणकर्मी महेन्द्र कतिलाको कोरोना संक्रमणका कारण निधन भएको छ । सर्प संरक्षण समाजका अध्यक्ष समेत रहेका कतिलाले मृत्युको दुई दिन अघि मात्रै फेसबुक स्टाटस मार्फत आफू संक्रमित भएको जानकारी दिएका थिए ।

उनले लेखेका थिए, ‘लापरवाही नगर्नुस् है, बढो कष्ट पो हुँदोरहेछ कोरोना पोजेटिभ भएर बस्नुपर्दा।’ तर, स्टाटस लेखेको ३ दिनमै सोमबार कतिलाको निधन भएको हो ।

दाङमा उपचार नहुने देखेपछि उनलाई भरतपुरस्थित क्यान्सर अस्पताल लगिएको थियो । क्यान्सर अस्पतालमै उनको निधन भएको हो ।उपचारमा धेरै खर्च लाग्ने भएपछि संरक्षणकर्मीहरुले आइतबारदेखि सामाजिक सञ्जालबाट आर्थिक सहायता जुटाउन पहल थालेका थिए ।

पोखरा ३ भैरवटोलमा जन्मेका कतिला पछिल्लो समय दाङ बस्थे र त्यहाँ पनि सर्प उद्धार गरिरहन्थे। विद्यार्थी कालदेखि नै अखिल राजनीतिमा सक्रिय रहेका कतिला २०३३ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति पनि भएका थिए । तर, उनी राजनीतिभन्दा पनि संरक्षणतिरै बढी केन्द्रित रहे । उनी सर्पसँगै चराको पनि सौखिन थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ