Gandak News
Our News Your Views
Promote your business here Gandaknews

थाइल्याण्डका भिक्षुद्वारा सबैको सामुन्ने देह त्याग, ‘महापरिनिर्वाण’ प्राप्त (भिडियोसहित)

थाइल्याण्डमा महापुण्यशाली भिक्षुले आफ्नो जाने बेला आएको भन्दै शिष्य र चेलाहरुको सामुन्ने सुतेर एकैछिनमा देह त्याग गरेका छन् ।

जागृत अवस्थाका भिक्षुले आफ्नो मृत्युुको सूचना दिँदै सबैको सामुन्ने महापरिनिर्वाण प्राप्त गरेका हुन् ।

बौध्दधर्म र शास्त्रमा महापरिनिर्वाणलाई ठूलो पुण्य मानिन्छ । यो सामान्य भिक्षु र धर्मावलम्बीले प्राप्त गर्न नसक्ने कुरा हो । भगवान गौतम बुद्धले पनि यसैगरी महापरिनिर्वाण प्राप्त गर्नुभएको बौध्द धर्म ग्रन्थहरुमा उल्लेख छ ।

महापुण्यशालीले देह त्याग गरिरहँदा उनका शिष्यहरु हात जोडेर बसेका थिए । एकैछिनमा देह त्याग गरेपछि उनलाई विशेष बाकसमा हालेर भिक्षुहरुले समाधिस्थलतर्फ लगेको भिडियोमा देखिन्छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस