बिहानै भूकम्पः लमजुङमा घर भत्कँदा केही घाइते, पोखरा-काठमाण्डौसम्म धक्का महसुस (तस्वीरहरु)

बिहानै भूकम्पः लमजुङमा घर भत्कँदा केही घाइते, पोखरा-काठमाण्डौसम्म धक्का महसुस (तस्वीरहरु)

lamjung vukampa (1)

लमजुङ केन्द्रबिन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले घर भत्किँदा केही मानिस घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते छिन्। घरको गारो भत्किँदा उनी घाइते भएको र उपचार भइरहेको उनले बताए।

भूकम्पको धक्का कास्की, गोरखा, तनहुँ, धादिङ, काठमाडौं लगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए।भूकम्पले कच्ची घरहरूमा क्षति पुगेका विवरणहरू आइरहेका छन्। केही स्थानमा सुख्खा पहिरो पनि गएको छ।

भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्केका थिए। घर बाहिर निस्कने क्रममा पनि केही मानिस घाइते छन्।फेरि पनि धक्का आउने आशंकामा कतिपय घर बाहिरै बसेको छन् ।

२०७२ को गोरखा भूकम्पपछि यसका परकम्प जाने क्रम भने अझै रहेको छ। पछिल्लो समय वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परकम्प गएको थियो।

सबै तस्बिर: जिबी घिमिरे प्रदीपको फेसबुकबाट।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds