तस्वीरः खबरपुञ्ज
तनहुँको व्यास नगरपालिका– १० परेवाडाँडा नजिक खहरेमा एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् । २७ वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् ।
मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।
प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । ति महिलाले आत्महत्या गर्न खोज्दा उद्धार गरिएको कुरा पनि सार्वजनिक भएको छ । घटनास्थलमै रहेका एक युवकलाई नियन्त्रणमा लिएको छ । युवकलाई नियन्त्रणमा लिनु अघि आक्रोशित स्थानीयले हातपात गरेका थिए ।
प्रहरीले स्थानीयबाट छुट्याउँदै युवकलाई नियन्त्रणमा लिएको थियो । ‘घटनाबारे अनुसन्धान गरिरहेका छौँ, थप विवरण अनुसन्धानपछि आउँछ,’ तिमिल्सिनाले भने ।
तस्वीरः दमौली न्यूज
सम्बन्धित खबर
प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शन
देश बनाउन अब एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली
पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
गोरखामा ब्ल्याङ्केटमा बेरेर नालामा फालिएको अवस्थामा युवतीको शव फेला
कृष्णभीरमा कलाकार प्रकाश ढकाल मृत फेला परेको घटनामा चार जना पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका