गण्डकी प्रदेशमा पुरानै मन्त्रीहरु दोहोरिने भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज पुरानै अनुहारलाई दोहोराउँदै मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् ।
यहाँ सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुख सीताकुमारी पौडेलमार्फत वैशाख २९ गते सपथ लिएका गुरूङले आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका हुन् । मुख्यमन्त्री गुरूङले आज अर्थमन्त्री किरण गुरूङ र भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई दोहोर्याउने पक्का छ भने अन्य मन्त्रीहरु पनि दोहोरिने निकट श्रोतले बताएको छ ।
वैशाख २६ गते मुख्यमन्त्रीले राजीनामा दिएपछि पद खुस्केका मन्त्रीहरुले पुरानै जिम्मेवारी पाउन लागेका हुन् । अहिले दिउँसो २ बजेपछि प्रदेश प्रमुखको निवासमा सपथको तयारी गरिएको छ ।
कोरोना संक्रमित रहेकै बखत दोस्रो कार्यकालको सपथ लिएका मुख्यमन्त्री गुरूङले २९ गते नै क्याबिनेट गठन गर्न चाहे पनि मन्त्रीमण्डल विस्तार गर्न भने सकेका थिएनन् । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै छन् ।
१२ मन्त्रालयसम्म रहन सक्ने गण्डकी प्रदेशमा आफू संकटमा परेपछि विवादित भएपनि राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए । मनाङ्गेलाई मन्त्री बनाएपछि ८ मन्त्रालय पुगेको थियो । मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तारबारे सोमबार आफ्ना विश्वासका पात्रहरुसँग छलफल गरेका थिए । कोभिड–१९ संक्रमित भएर होम आइसोलेसनमा रहेका मुख्यमन्त्रीले सोमबार रामशरण बस्नेत, किरण गुरुङ र मायानाथ अधिकारीसँग भेटेका थिए ।
गुरुङ सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ थिए । मुख्यमन्त्री दाबेदार गुरुङलाई आर्थिक मन्त्रालयको जिम्मेवारी सुम्पिएर फकाएकाले उनको विकल्प पिएस सरकारले खोज्दैन । भौतक पूर्वाधार तथा निर्माणमा रामशरण बस्नेत, उद्योग पर्यटन वन तथा वातावरणमा विकास लम्साल, सामाजिकमा नरदेवी पुन मगर थिए । माओवादीका हरिबहादुर चुमान र लेखबहादुर थापा बाहिरिएपछि आन्तरिक मामिला तथा कानुन र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली छन् ।
२७ गते संसदमा आफूमाथि पेश अविश्वासको प्रस्तावमा मतदान हुने पक्का भएपछि २६ गते नै राजीनामा दिएका मुख्यमन्त्री गुरूङले १ महिनाभित्र विश्वासको मत लिनु पर्ने छ । असार १ मा बजेट ल्याउनु अगावै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु