पश्चिम नवलरासीको प्रतापपुर गाउँपालिका-६ कठहवामा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको छ । नेपाल भारत सिमावर्ती क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीबीच विवाद हुँदा सशस्त्र प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका प्रतापपुर गाउँपालिका-६ का २२ वर्षीय अभिनास राजभरको मृत्यु भएको हो ।
तिघ्रामा गोली लागेका राजभरको उपचारका लागि बुटवल सिटी अस्पताल लगिएको थियो । अस्पलाल उपचारकोक्रममा मृत्यु भएको पश्चिम नवलपरासीका डीएसपी राजु लामाले बताए ।
नेपाल भारत सीमानाका बन्द रहेको अवस्थामा भारतजान खोजेका राजभरलाई सशस्त्र प्रहरीले नाकामा रोकेको र सोही विषयमा विवाद हुँदा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको थियो ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल भारत सिमानामा नजिकै स्थानीय युवा र सुरक्षाकर्मीबीच विवाद हुँदा गोली चलेको बताए । घाइते राजभरको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल पठाइएको थियो । स्थानीयले भने सुरक्षाकर्मीले बिनाकारण बल प्रयोग गरेर गोली चलाएको आरोप लगाएका छन् । सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु