संघ सरकार मातहत रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई गण्डकी प्रदेश सरकारले कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ ।
प्रदेश सरकारको आज बसेको पहिलो मन्त्रीपरिषद् बैठकले अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको मन्त्री रामशरण बस्नेतले बताए । मन्त्री बस्नेतले भने – ‘कोरोना भाइरस नियन्त्रण तथा रोकथाम अस्पताल बनाउन संघलाई सिफारिस गरिएको छ।’
चार सय बेडको अस्पताल प्रदेशकै ठूलो अस्पताल हो । अहिले अस्पतालमा ५० बेडमा मात्रै कोभिडका बिरामी राखेर उपचार भइरहेको छ । यो बैठकले सरकारको प्रवक्तामा मन्त्री बस्नेतलाई नै चयन गरेको छ ।
विनाविभागीय मन्त्रीलाई भोलि जिम्मेवारी
आज नियुक्त भएका ५ जना मध्ये ३ जना मन्त्रीले कुनै मन्त्रालयकाे जिम्मेवारी पाएनन् । तीन मन्त्री रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले मन्त्रालयकाे जिम्मेवारी पाएका छैनन् । किरण गुरुङले अर्थ र राजीव गुरुङले युवा तथा खेलकुद मन्त्रीकाे जिम्मेवारी पाएका छन् ।
पहिलो बैठकमा यसबारे कुरा नभएको र भोलि नै जिम्मेवारी पाउनेमा प्रवक्ता बस्नेत ढुक्क देखिए । मन्त्रालयकाे जिम्मेवारी पाएका किरण गुरुङले आजै कार्यभार सम्हालेका छन् भने युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ काठमाण्डाैंमा भएकाले सपथ खान पाएका छैनन् ।
राजनीतिक सल्लाहकार नेपाली हटाएर अधिकारी
मुख्यमन्त्री गुरुङले राजनीतिक सल्लाहकार फेरेका छन् । उनले लमजुङ सुन्दरबजारका डा. भीष्म अधिकारीलाई नियुक्त गरेका छन् । सल्लाहकार अधिकारी संविधान सभा सदस्य हुन् । अधिकारीको नियुक्ति सँगै यसअघिका सल्लाहकार गोविन्दबहादुर नेपाली पदमुक्त भएका छन् । नेपाली नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव छन् ।
याेजना आयाेजका उपाध्यक्षमा डा. गिरधारी शर्मा पाैडेललाई नियुक्त गरेकेा छ । त्यस्तै, आयाेगका सदस्यमा विष्णु बराल नियुक्त भएका छन् ।
गण्डकीमा मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए सपथ, मनाङे अनुपस्थित
गण्डकीमा मन्त्रीहरूको शपथमा सभामुख र विपक्षी दलका नेता गएनन्
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?