गण्डकी प्रदेश सरकारमा मन्त्रालयकाे संख्या ११ बनाइने भएकाे छ । अहिले ८ मन्त्रालय छन् । यसअघि प्रदेशमा ७ मन्त्रालय थियो । तर, प्रदेश राजनीति पेचिलो बन्दै गएपछि मुख्यमन्त्री गुरुङले राजीनामा दिनु अघि सामाजिक विकास मन्त्रालय अन्तरगत रहेकेा युवा तथा खेलकुद मन्त्रालयलाई छुट्टै बनाएका थिए ।
मुख्यमन्त्री गुरुङले अब हालकाे भाैतिक मन्त्रालय, उद्याेग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास मन्त्रालय विभाजन गरेर ३ मन्त्रालय थपेका छन् । सामाजिक विकास मन्त्रालय टुक््रयाएर स्वास्थ्य मन्त्रालय, भौतिक तथा विकास मन्त्रालय फुटाएर जलश्रोत, सिँचाइ तथा खानेपानी मन्त्रालय र पर्यटन मन्त्रालय फुटाएर वन तथा वातावरण मन्त्रालय बनाएका छन् ।
संविधानले प्रदेश सभामा रहेकाे सांसदकाे २० प्रतिशतसम्म मन्त्री बनाउन सक्ने व्यवस्था गरेकाे छ । जस अनुसार गण्डकी प्रदेशमा १२ वटा सम्म मन्त्रालय बनाउने कानुनी व्यवस्था छ ।
मन्त्रालय फुटाएपछि गण्डकी प्रदेशमा निम्न मन्त्रालय रहने भएका छन् ।
१– मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय
२– आर्थिक मामिला तथा याेजना मन्त्रालय
३– आन्तरिक मामिला तथा कानून मन्त्रालय
४– भाैतिक पूर्वाधार, शहरी तथा यातायात विकास मन्त्रालय
५– कृषि मन्त्रालय
६– समाजिक विकास मन्त्रालय
७– जलश्राेत, सिँचाई तथा खानेपानी मन्त्रालय
८– पर्यटन, उद्याेग तथा बाणिज्य मन्त्रालय
९–वन तथा वातावरण मन्त्रालय
१०– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
११–युवा तथा खेलकुद मन्त्रालय ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?