शुक्रबार कास्कीका ३८३ सहित गण्डकीमा थप १०५३ जनामा संक्रमण, १३९६ संक्रमणमुक्त

शुक्रबार कास्कीका ३८३ सहित गण्डकीमा थप १०५३ जनामा संक्रमण, १३९६ संक्रमणमुक्त

covid-19-corona

पोखरा ।  शुक्रबार गण्डकीमा थप जनामा १ हजार ५३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २ हजार ६७ जनामा गरिएको नमुना परीक्षणमा थप १ हजार ५३ को रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३८३ जना, तनहुँका ५४ जना, गोरखाका ९८ जना, लमजुङका ३६ जना, नवलपुरका ७४ जना र स्याङ्गजाका ३२ जना छन् ।

यस्तै पर्वतका ६५ जना, बाग्लुङका २०४ जना र म्याग्दी जिल्लाका १०७ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३३ हजार ११३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट एकैपटक १ हजार ३९६ जना संक्रमणमुक्त भएका छन् । योसंगै, गण्डकीमा संक्रमणमुक्त हुनेको संख्या २२ हजार ७९४ पुगेको छ।

शुक्रबार पनि गण्डकीमा थप १९ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका नौ जना, तनहुँका तीन जना, स्याङ्गजाका दुई जना, नवलपुरका दुई जना र पर्वतका तीन जना छन्।

योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४९३ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ