विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ । सबैमा कोरोनाको त्रास नेपालीमा पनि बढ्दै गएको छ । यो समयमा धेरै व्यक्तिलाई मौसमी रूघाखोकीले पनि सताइरहेको छ । मौसमी रुघाखोकी र कोरोना संक्रमणबीचको फरक छुट्याउन मुस्किल परिरहेको छ ।
सामान्यतः सामान्य रुघाखोकी र कोरोनाका लक्षणमा धेरै अन्तर छैन तर कोरोना संक्रमण भएका मानिसलाई रुघाभन्दा बढी सुक्खा खोकी लाग्छ। १०२ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउँछ र सास फेर्न समस्या हुन्छ ।
कोरोना संक्रमणका लक्षण:
– सुख्खा खोकी लाग्ने
– उच्च ज्वरो आउने
– एकदम थकाइ लाग्ने
– सास फेर्न गाह्रो हुने
– स्वाद वा र र गन्ध थाहा नहुने
– घाँटी खसखस गर्ने र बोलि परिवर्तन हुने
– निको हुन १० दिन लाग्न सक्ने
– खाना नरुच्ने
– अक्सिजन र आइसीयुको उपचार आवश्यक पर्न सक्ने
मौसमी रुघा खोकीका लक्षण :
– नाक बन्द हुने
– नाकबाट पानी आउने
– हाँच्छ्यु आउने
– शरीर दुख्ने
– हल्का ज्वरो आउने
– टाउको दुख्ने
– शरीर दुख्ने
– सामान्य उपचार तथा आरामले फाइदा गर्ने
– छोटो समयमा निको हुने
आफूलाई कोरोनाकै संक्रमण भए जस्तो लाग्छ भने १११५ नम्बरमा फोन गर्नुहोस्। त्यहाँबाट सल्लाह पाइन्छ।
सम्बन्धित खबर
स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन
स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने