२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा स्याङ्जामा एक पुरुष पक्राउ

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा स्याङ्जामा एक पुरुष पक्राउ

men rape men

सांकेतिक फोटो

स्याङ्जा । बलात्कार गरेको आरोपमा प्रहरीले बिरुवा गाउँपालिका–४ खुदीका दुर्गाबहादुर दमैलाई पक्राउ गरेको छ ।

एक २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ६० वर्षीय दमैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

बाख्रा चराउन जङ्गलमा गएकी युवतीलाई बलात्कार गरेको भन्ने जाहेरीका आधारमा दमैलाई पक्राउ गरेर जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कर्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ