पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना महामारीसँग बच्न र सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक पूर्व तयारीमा लाग्न जिल्लाका सिडिओ र संकट व्यवस्थापन समितिका सदस्यलाई निर्देशन दिएका छन् ।
स्वास्थ्यमन्त्रीकाे समेत जिम्मेवारी सम्हालेका मन्त्री गुरुङले बुधबार भर्चुअल मिटिङ गर्दै प्रदेशका ११ वटै जिल्लाका संकट व्यवस्थापन समिति र सिडिओलाई निम्न वुँदागत निर्देशन दिएका हुन् ।
मन्त्री गुरुङले निर्देशन दिएका वुँदा यस्ता छन् ।
- मास्क लगाउन अनिवार्य गर्नाेस्।
- एफएम, पत्रपत्रिका र अनलाइन न्युट साइटहरुबाट जागरण गराउनोस् ।
- एम्बुलेस रेगुलेटमा निगरानी राख्नोस् ।
- अक्सिजन कमी भए यथाशीघ्र खबर गर्नाेस् ।
- विकास र निर्माणलाई प्रोटोकल मेन्टेन गरेर निरन्तरता दिनोस्, निजी क्षेत्र र पार्टीहरुको सहयोग लिनोस् ।
- खाना खुवाउने कुरामा एकद्वार प्रणाली नै उपयुक्त हुन्छ ।
- जनचेतना अभिवृद्धिमा विशेष ध्यान दिनुहोस् ।
- समाज र मानिसहरु दुखी छन्, आत्तिएका छन्, त्यसैले सरकार छ, सहयोग भइरहेको कुरा विश्वस्त बनाउनु होस् ।
- फिल्डमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको खानपिनमा ध्यान पुर्याउनु होस् ।
- डक्टर र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनु होस, उनीहरुलाई सम्मान गर्ने वातावरण बनाउनु होस् ।
- – जनतासँग नरम व्यवहार गर्नुहोस् ।
- प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाबको नमुना प्राप्त भएको २४ घन्टामा पिसिआरका रिपोर्ट उपलब्ध गराइने छ ।
- औषधीको स्टकबारे सचेत बन्नुहोस् ।
- अस्पतालमा विभिन्न तरिकाबाट हुने ठगी र दलालीलाई निगरानी र नियन्त्रण गर्नुहोस् ।
- सम्भावित थर्डवेभको तयारीमा के के गर्नु उपयुक्त हुन्छ ? व्यवस्थित सुझाव डिसिएमसीको तर्फबाट पठाउनुहोस्।
- स्थानीय सरकारसँग व्यापक समन्वय गर्नुहोस् ।
- सामान्यतया जनतामा गरिने सेवा प्रवाहमा हेल्थ प्रोटोकल ख्याल गरी निरन्तरता दिनुहोस् ।
- यो दुखको बेला जनतासँग नजिकको सम्बन्ध कायम गर्नुहोस् ।
- कोभिड १९ को बाहेकका बिरामीको सेवालाई निरन्तरता दिन पनि आवश्यक व्यवस्थापन गर्नुहोस् ।
- अब वर्षा लाग्न लाग्यो, बाढी पहिरो लगायत जोखिम नियन्त्रण गर्न लाग्नुपर्छ, यसतर्फ ध्यान दिनुहोस् ।
- तपाईं सिडिओ, डिसिएमसीका सदस्यहरुको स्वास्थ्यको ख्याल गर्नुहोला ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?