बेनी। विकट क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–४ खिवाङ र खाम्लामा मुख्यमैत्री जलवायु मैत्री नमूना कृषि गाउँ कार्यक्रम लागू गरिएको छ ।
गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खिबाङ खाम्ला कृषि तथा पशुपन्छी सहकारी संस्था लिमिटेडमार्फत कार्यक्रम कार्यान्वयन शुरु गरेको हो ।
चालु आवमा रु ४० लाख विनियोजन गरिएको कार्यक्रम कोरोनाको जोखिम र निषेधाज्ञाको असहज अवस्थाका बाबजुद पनि धमाधम कार्यान्वयन भइरहेको कार्यक्रमका कृषि प्राविधिक सगुन कटुवालले जानकारी दिए ।
“प्रदेश सरकारको ८५ र सहकारीको १५ प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको छ”, उनले भने, “सहकारीमार्फत फलफूल र तरकारी खेती विस्तार गर्न लागिएको छ ।”
विषादी र रासायनिक मलको प्रयोग विना जैविक प्रविधिको प्रयोग गरेर खेती गरी वातावरण संरक्षण तथा कृषकको आयआर्जन सुधार गर्ने उद्देश्यले प्रदेश सरकारले सबै स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले खिवाङ र खाम्लालाई सिफारिस गरेको थियो ।
सहकारीअन्तर्गत ५५ घरधुरी कृषक कार्यक्रममा आबद्ध भएका छन् । कार्यक्रममार्फत कृषि औजार, सामग्री, बिरुवा, बीउ वितरण, सिँचाइ पोखरी निर्माण, तालीम सञ्चालन गरिने सहकारीका अध्यक्ष रामबहादुर कामीले बताए ।
सिँचाइका लागि एक ठूलो र दुई साना पोखरी निर्माण भइरहेका छन् । बीस पलास्टिक घर निर्माण गर्ने, २० थोपा सिँचाई सेट तथा गोलभेँडा, खुर्सानी, काउली, बन्दा आदि जातका तरकारीका बीउ र छ मिनिटेलर हलो वितरण गर्ने कार्यक्रम छ ।
तीन हजार सुन्तला, दुई हजार ५०० कागतीका बिरुवा वितरण गर्ने र ३५५ खाडल खन्न अनुदान उपलब्ध गराइने भएको छ । तरकारी र फलफूल खेतीसम्बन्धी तीन÷तीन दिनको तालीम प्रदान गरिएको छ ।
खाम्ला र खिवाङ धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गमा पर्छ । यहाँ तरकारी उत्पादन भएपछि स्थानीयवासीले दैनिकरुपमा स्वच्छ र ताजा तरकारी उपभोग गर्न पाउने मात्र नभई नजिकैको बजार तथा पदयात्रा र आरोहणमा आउनेलाई बिक्री गर्न सक्छन् ।
भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्ने हालसम्म सडक सुविधा नपुगेको खिवाङ र खाम्लामा नमूना कृषि कार्यक्रम लागू भएकामा स्थानीयवासी उत्साहित भएका छन् । प्रदेश सरकारले बेनीको सिङ्गा सुर्केमेला, बास्कुना, मङ्गलाको कोत्रवाङ, सिम, तोराखेत, सातबिसे, पोक, मालिकाको बिम, रघुगङ्गाको भगवती घट्टटोल र अन्नपूर्णको भुरुङ्ग–तातोपानीमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन गरेको छ ।
सम्बन्धित खबर
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प