पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित छ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको जनाएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति मार्फत समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाम उपचाररत बिरामीको ठूलो सङ्ख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि गरेको र सरकार कहाँ छ भन्ने प्रश्नसमेत सिर्जना गरेको आरोप लगाएका छन् ।
जनताको मृत्यु यसरी कहालीलाग्दो ढङ्गले हुँदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको टिप्पणी गरेका छन् । कांग्रेसले देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको भएको उल्लेख गर्दै सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका घटनाहरुको जिम्मेवार पनि सरकार नै हुनुपर्ने जिकिर गरेको छ ।
अक्सिजनको अभावमा एकसाथ जीवन गुमाएका छ नागरिकको मृत शरीर अनि सुत्केरी आमाको मृत्युुपश्चात असहज स्थिति सामना गरिरहेको नवजात शिशुलाई हेरेर आजको मितिमा राज्यको कर्तव्य पहिचान र आत्मसात गर्न समेत कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ