सुकेटार विमानस्थल अब ‘रवीन्द्र विमानस्थल’

सुकेटार विमानस्थल अब ‘रवीन्द्र विमानस्थल’

rabindra-adhikari

फ़ुङलिङ । ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमानस्थल’ मा नामकरण गरिने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पूर्व संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीका स्मृतिमा विमानस्थलको नामकरण गरी थप विकसित गरिने उल्लेख छ ।

यसका लागि आवश्यक रकमसमेत विनियोजित गरिएको वक्तव्यमा उल्लेख छ । विसं २०७५ फागुन १५ गते एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी पूर्वमन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ