देशभर आज सोमबारको मौसम बदली रही केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्र (low pressure area) को सामान्य प्रभाव रहेको छ।
अहिले बिहान प्रदेश नं १ मा पुर्ण बदली र देशका अन्य भू–भागका अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश नं.१ प्रदेश नं २ र बाग्मती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।
सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश नं. १ र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।
यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैबीच, प्रदेश १ र बाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने