गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
म्याग्दी । साताको दुई दिन बैंक तथा वित्तीय संस्थालाई खुला गर्न दिइने गरी म्याग्दीमा आजदेखि एक हप्ता निषेधाज्ञा थप गरिएको छ ।
जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
जारी निषेधाज्ञा आज राति सकिँदैछ । निषेधाज्ञाको समयावधिभरि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् । साताको आइतबार र बुधबार दुई दिन बिहान १० देखि २ बजेसम्म बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई खोल्न दिने निर्णय भएको प्रजिअ अधिकारीले बताए ।
यसैगरी तरकारी, खाद्यान्न, बीउबिजन, कृषि औजार, निर्माण सामग्रीका पसलहरु बिहान ५ देखि १० बजेसम्म खुल्ला रहनेछन् ।
सम्बन्धित खबर
मेजनको धौलासिरी विमोचन
काभ्रेभीरमा मोटरसाइकलसहित खसेर जर्मन पर्यटकको मृत्यु
पर्यटकीय गन्तव्य बन्यो म्याग्दीको आलडाँडा
म्याग्दीमा लागूऔषधसहित ३ जना पक्राउ
पाँच दिनपछि खुल्यो बेनी–जोमसोम सडक
पाँच दिनका लागि बेनी–जोमसोम–कोरला सडकखण्ड पूर्णरुपमा बन्द गरिने
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका