पोखरा । संघ सरकारले आगामी आर्थिक वर्षका लागि ६ महागरपालिकालाई १० अर्ब ९ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा आगामी आर्थिक वर्ष २०७८/७९ का लागि संघ सरकारबाट प्रदेश र स्थानीय तहमा जाने बजेटमा पोखरा महानगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ ।
अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत पोखरा महानगरपालिकाले सबैभन्दा बढी २ अर्ब ५६ करोड, काठमाडौं महानगरपालिको २ अर्ब १ करोड रुपैयाँ बराबरको बजेट पाएको छ भने, सबैभन्दा कम बजेट बिराटनगर महानगरपालिकाले १ अर्ब १९ करोड ५३ लाख रुपैयाँ बराबर मात्रै पाएको छ ।
पोखरा महानगरपालिका
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ५६ करोड १६ लाख रुपैयाँ बराबरको बजेट संघ सरकारबाट पाएको छ । जसमा चालुतर्फ २ अर्ब १६ करोड ५० लाख र पुँजीगततर्फ ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बजेट महानगरले पाएको छ ।
This will close in 3 seconds
सम्बन्धित खबर
बढ्यो सुनचाँदीको मूल्य
श्री एयरले काठमाडौं पोखरा रूटमा एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा दिने
घट्यो सुनचाँदीको मूल्य
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
सफल दहीसँगै तीज, सुजल डेरीद्वारा शुभकामना
सुनको मूल्य आज पनि स्थिर, चाँदीको बढ्यो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग