पोखरा । पछिल्लो २४ घण्टामा गण्डकीका ९०६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धि दैनिक विज्ञप्ति अनुसार गण्डकीका २ हजार ३११ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३०३ जना, तनहुँका ७० जना, गोरखाका ९८ जना, लमजुङका ८२ जना, नवलपुरका ८५ जना र स्याङ्गजाका ९३ जना छन् ।
यस्तै, पर्वतका ३९ जना, बाग्लुङका ७३ जना म्याग्दीका ४७ जना, मुस्ताङका १५ जना र मनाङ जिल्लाका १ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४४ हजार ७४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १०५३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३४ हजार ३०४ पुगेको छ।
सोमबार पनि गण्डकीमा १६ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका सात जना, गोरखाका एक जना, नवलपुरका दुई जना, स्याङ्गजाका दुई जना, बागलुङका तीन जना र मनाङका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७२३ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह