काठमाण्डौ। दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० सन्तानलाई जन्म दिएकी छिन् ।
न्युयोर्क पोस्टले जनाए अनुसार ३७ वर्षकी जोसियामी थामरा सितहोलले सात छोरा र तीन छोरीलाई एकैपटक जन्म दिएकी हुन् ।
डाक्टरले ६ देखि ८ सन्तान जन्मिने बताएपनि आफूले १० सन्तान जन्माएपछि परिवार अचम्मित भएको सितहोलले बताइन्।
उनले ७ महिना ७ दिनको गर्भधाणपछि १० सन्तानलाई जन्म दिएकी हुन् ।
योसँगै अफ्रिकी मुलुक ग्वाटेमालाकी सितहोलले गिनिज वर्ल्ड रेकर्ड कायम गरेकी छिन् । हालसम्म विश्वमा ९ सन्तानको मात्र एकैपटक जन्म भएको रेकर्ड छ ।
यो समाचार सत्य भए सितहोलले नयाँ कीर्तिमान कायम गरेको गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका अधिकारीहरुले बताएको छ।