पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनका लागि आज प्रदेश सभा बैठक बस्दैछ । वैशाख २७ गते ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक प्रावधानका कारण आज प्रदेश सभामा विश्वासको मत लिदै छन् ।
तर, मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने पूर्वसन्ध्यामा गण्डकी प्रदेशका खेलकूद मन्त्री राजीव गुरूङ (दीपक मनाङे) ले बहुमत पुर्याउनेलाई आफूले साथ दिने बताएका छन् ।
मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने अघिल्लो रातदेखि मनाङे विपक्षी गठबन्धनतिर लागेका हुन्। मनाङेको मोर्चा परिवर्तनसँगै गण्डकी प्रदेशमा पनि विपक्षी गठबन्धन बलियो हुन पुगेको छ। एक मतले बहुमत दाबी गर्न नसक्ने अवस्थामा रहेको विपक्षी गठबन्धनलाई मनाङेको साथ प्राप्त भएपछि सरकार बनाउन सक्ने आधार तयार भएको छ।
यदि मनाङेले विपक्षी गठबन्धनलाई मत दिएमा कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्न सक्छन् ।अदालतबाट पुनर्वहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्ने भएका छन् । राजमोका अन्य दुई सांसद विपक्षी गठबन्धनको पक्षमा उभिएकाले गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो