पोखरा। बिहीबार गण्डकीका ५६६ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६३३ जनामा गरिएको नमुना परीक्षणमा ५६६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ११८ जना, तनहुँका ७१ जना, गोरखाका ७८ जना, लमजुङका ५१ जना, नवलपुरका ९५ जना र स्याङ्गजाका ४७ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, पर्वतका चार जना, बाग्लुङका ८१ जना र म्याग्दी जिल्लाका २१ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४९ हजार ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ८०८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या ४१ हजार ६६१ पुगेको छ । जसमा ६ हजार ५६० सक्रिय संक्रमित छन् ।
बिहीबार पनि गण्डकीमा १८ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा रुपन्देही जिल्ला बुटबल उपमहानगरपालिका -२ घर भइ हाल पोखराको मणिपाल अस्पतालमा उपचाररत २८ वर्षीय युवकसहित पोखराका सात जना, तनहुँका एक जना, गोरखाका तीन जना, नवलपुरका दुई जना जना, स्याङ्गजाका एक जना, बाग्लुङका तीन जना र म्याग्दी जिल्लाका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८१७ पुगेको निर्देशनालयले जनाएको छ ।



सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह