म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाट स्थित सरकारी कर्मचारी आवास क्षेत्रमा शनिबार बिहान बाढी पसेको छ । शुक्रबार साँझदेखि परेको बर्षापछि पाखोबाट आएको बाढी पसेर सात वटा आवास भवन, दुई वटा नर्सरीमा क्षति पुगेको छ । बेनी–अर्थुङ्गे सडकको भल नाली बाहिर बगेर बाढी आउन थालेपछि मंगलाघाट क्षेत्रमा रहेको आठ वटा कार्यालयका भवन र मुस्लिम समुदायको सुकुम्बासी बस्ती जोखिममा परेको छ ।
भु–तथा जलाधार संरक्षण, वन डिभिजन र कृषि ज्ञान केन्द्रका कर्मचारी बस्ने दुई/दुई वटा आवास भवन, भू–संरक्षण र वन डिभिजन कार्यालयको नर्सरी तथा सँगै रहेको नर्सरीको भण्डारण भवनमा बाढी पसेको छ । सहायक वन अधिकृत नबिन बिश्वकर्माले सात वटा भवनको भुई तलामा बाढी पसेर हिलाम्मे भएको बताए। “राति दुई बजे बाढी आएपछि भागाभाग भयो”, उनले भने, “तर्काउने प्रयास गर्दा गर्दै कोठा भित्रै पसेर हिलाम्मे बनायो ।”
वन डिभिजनको बहुबर्षे र भू–तथा जलाधार संरक्षण कार्यालयको नर्सरीका बिरुवा बाढीले पुरेर नष्ट गरेको छ । रोप्नका लागी तयार भएका दुई वटा नर्सरीका एक लाख ५० हजार बिरुवा नष्ट भएका छन् । सो ठाउँमा गत वर्षको भदौमासमेत बाढी पसेको थियो । भू–तथा जलाधार संरक्षण कार्यालय म्याग्दी एकाइका प्रमुख शम्भुकुमार मिश्रले गत वर्षको बाढीले थुपारेको माटो ब्यवस्थापन गरेको तीन दिन नबित्दै पुनः बाढी आएको बताए। “बेनी–महारानी थान खण्डको सडक सुधारका लागि निकालिएको माटो पाखोबाट आएको बाढीले बगाउँदा नयाँ ठाउँबाट बाढी बनेर आवास क्षेत्रमा पसेको छ”, उनले भन, “बाढीको पूर्ण निणयन्त्र नहुँदासम्म जोखिम हुने भएकाले आवास स्थानान्तरण गर्नुपर्ने देखियो ।”
सोही ठाउँमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आवास भवन जोखिममा परेपनि क्षति पुगेको छैन । कृषि ज्ञान केन्द्रको आवास भवन वरपर निर्माण भएको पर्खालले छेकेकाले तुलनात्मक रुपमा कम बाढी पसेको छ । निर्वाचन कार्यालय जाने सडक भत्किएको छ । सरकारी भवन भन्दा पछाडी करिब दश परिवार बसोबास गर्ने मुस्लिम समुदायको सुकुम्बासी बस्ती छ । पाखो र सडकबाट आउने सुरक्षित र व्यवस्थित निकास नगर्ने हो बाढीले क्षति पु¥याउने देखिएको कोष तथा लेखा नियन्त्रक युक्तप्रसाद शर्माले बताए।
सम्बन्धित खबर
म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
बेनीमा आजदेखि आठौँ म्याग्दी महोत्सव सुरु
म्याग्दीका सडक योजनामा बजेट अभाव
म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा हिमपात
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी