पोखरा । शनिबार गण्डकीमा थप ५४३ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ८०२ जनामा गरिएको नमुना परीक्षणमा ५४३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका दश जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १०५ जना, तनहुँका १०० जना, गोरखाका ५८ जना, लमजुङका ६४ जना, नवलपुरका ९२ जना र स्याङ्गजाका ६१ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, पर्वतका आठ जना, बाग्लुङका सात जना, म्याग्दीका ४० जना मुस्ताङ जिल्लाका आठ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४९ हजार ९५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ८३८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या ४३ हजार १४६ पुगेको छ ।
शनिबार पनि गण्डकीमा आठ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा पोखरामा उपचाररत छ जना, गोरखाका एक जना र नवलपुरका एक जना छन्।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८३१ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
बिरुवा आधारभूत अस्पताल सञ्चालनमा
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल
४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण