पोखरा । नेपाली कांग्रेस कास्कीले गण्डकी प्रदेश सरकारको आगामी बजेटमा खोपलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको नेतृत्वमा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाइ तथा शुभकामना दिन पुगेको प्रतिनिधिमण्डलले कोरोना महामारीका कारण जनता समस्यामा परेको भन्दै खोपलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।
भेटघाटमा पार्टीका पदाधिकारी तथा क्षेत्रीय सभापति लगायतको उपस्थिति रहेको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
प्रतिनिधिमण्डलले कोरोनाबाट प्रभावित व्यवसायी, शिक्षक, मजुदरलगायत क्षेत्रलाई राहत हुने गरी कार्यक्रम ल्याउन आग्रह गरेको छ ।
कोरोनाका कारण समस्यामा परेका नागरिकको हितलाई दृष्टिगत गर्दै सरकार अघि बढ्नुपर्नेमा उनीहरूको जोड छ । मुख्यमन्त्री पोखरेलले प्राप्त सुझावलाई आत्मसात गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साताबाट
पोखराका १६ वर्षीय बालक सहपाठीलाई ब्ल्याकमेल गरेपछि पक्राउ
राष्ट्रिय युवा संघ गण्डकी इञ्चार्जमा अर्जुन ‘निर्जन’, कास्की इञ्चार्जमा विक्रम
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका