काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएकी छन्।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आइतबार साँझ आयोजना गरेको ‘नेपालमा कोरोनाको सङ्कट, रोकथामका उपाय र जीवनरक्षाका लागि हाम्रो जिम्मेवारी के हो ?’ विषयक भर्चुअल अन्तक्र्रियामा उनले कोरोना नियन्त्रणका लागि सरकारले खोप खरीदलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् ।
“अनुदानमा ल्याएरमात्र कोरोना खोप सबै जनतासामु पुग्न सक्दैन सरकारले कोरोना भ्याक्सिन खरीदलाई प्राथमिकता दिनुपर्छ”, उनले भने। फाउण्डेशनकी केन्द्रीय अध्यक्षसमेत रहनुभएका नेत्री कोइरालाले कोरोना महामारीका कारण दैनिक लाखौँ श्रमिक रोजगारविहीन भएको उल्लेख गर्दै यस्ता जनतालाई सरकारले राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। उनले सबै मिलेर कोरोना सङ्क्रमण नियन्त्रणमा लाग्नुपर्ने बताइन्।
फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले फाउण्डेशनले समसाययिक घटनाक्रमका बारेमा निरन्तर बहस गर्दै आइरहेको बताए। गत वर्षको कोरोना सङ्क्रमणपछि फाउण्डेशनले हालसम्म विभिन्न विषयमा ३७औँ पटक बहस गरिसकेको अध्यक्ष घिमिरेको भनाइ छ ।
फाउण्डेशन अमेरिका शाखाका प्रवक्ता रामचन्द्र अधिकारीले कोरोनाबाट पीडित व्यक्तिलाई अमेरिका शाखाले शुरुआती दिनदेखि नै सहयोग गर्दै आएको बताए। हालसम्म अमेरिका शाखाले ५५ हजार प्याकेट खाना, दूध, माक्स र स्यानिटाइजर सहयोग गरेको उनको भनाइ थियो ।
कार्यक्रममा फाउण्डेशन अमेरिका शाखाका उपाध्यक्ष सुवर्ण लामा, फाउण्डेशन युवा तथा खेलकूद विभागका संयोजक गुणराज प्याकुरेल, फाउण्डेशनका केन्द्रीय सदस्य एलिजा गुरुङ, कान्तिपुर मिडिया गुप्रका पत्रकार सञ्जु पौडेलगायतले कोरोना खोप पर्याप्त मात्रामा जनतामाझ पु¥याउन सकेमात्र महामारी रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’