तनहुँको मालेबगरमा कन्टेनरको ठक्करबाट नेपाली सेनामा कार्यरत कास्कीका एक युवकको मृत्यु

तनहुँको मालेबगरमा कन्टेनरको ठक्करबाट नेपाली सेनामा कार्यरत कास्कीका एक युवकको मृत्यु

Accident-3-1

प्रतिकात्मक तस्बिर

तनहुँ । तनहुँको शुक्लागण्डकी स्थित मालेबगरमा मोटरसाइकल र कन्टेनर एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १४ प ७२०१ नंवरको मोटरसाइकल र विपरीत दिशाबाट आउंदै गरेको ना ७ ख ११६८ नंवरको कन्टेनर शुक्लागण्डकी -७ स्थित मालेबगरमा ठक्कर खाँदा कास्की जिल्ला मादी गाउँपालिका वडा नं -९ घर भएका वर्ष २८ का प्रदिप भट्टराईको मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

अर्यालका अनुसार दुर्घटनामा घाइते भएका भट्टराईलाई तत्काल उपचारका लागि जि.पी कोईराला अस्पताल बेलचौतारा लगिएकोमा उपचारकै क्रममा उनको ज्यान गएको हो । मृतक भट्टराई २१ नं बाहिनी अड्डा झापामा नेपाली सेनामा कार्यरत छन् ।

प्रहरीले कन्टेनर चालकलाई नियन्त्रणमा लिई घटनाका विषमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ