पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुख प्रकट गर्दै तत्काल उद्दार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई मंगलबार टेलिफोन गरी मस्र्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा तालगाउँका बासिन्दालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र उनीहरुलाई वसोवासको प्रबन्ध गर्न निर्देशन दिएका हुन् । उद्धार राहतका लागि तत्कालको प्रबन्ध गर्न निर्देशन दिँदै उनले अपुग भएका सामग्री र रकम प्रदेश सरकारले उपलब्ध गराउने बताए ।
नासो गाउँपालिका– १ मा पर्ने तालगाउँ सोमबारदेखिको निरन्तरको वर्षाका कारण डुबानमा परेको छ । मस्र्याङ्दी छेउमा रहेको तालगाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार बाँकी घर पनि जोखिममा छन् । स्थानीय घर छाडेर बाहिर सुरक्षित ठाउँमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । प्रजिअ लामिछाने डुबानको खबरलगत्तै स्थानीयस्तरबाट सुरक्षाकर्मी खटाइसकिएको र अन्य प्रवन्ध मिलाइएको बताएका छन् ।
डिएसपी सुवास खड्काले तालस्थित प्रहरी चौकीको टोली र स्थानीय उक्त क्षेत्रको उद्धारमा लागेको बताए । डुबानबाट विद्यालय र वडा कार्यालय पनि प्रभाजित भएको छ । सदरमुकाम चामे स्थित तातोपानी कुन्ड नजिकैको बस्तीमा समेत बाढी पसेको छ । बाढीले चामे गाउँपालिका– १, तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृहमा क्षति पु¥याएको छ ।प्रदेशभित्रका जिल्लामा पर्ने राजमार्गमा अहिले वर्षाकै कारण यातायात सेवा अवरुद्ध छ ।
मुख्यमन्त्री पोखरेलले अबका केही दिन लगातार वर्षा हुने र गण्डकी प्रदेशका जिल्लाहरु त्यसबाट प्रभावित हुने जलवायु तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेकाले सतर्क भएर रहन पनि प्रदेशवासीमा आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति निकालेर उनले पहाडी भेगमा बाढी पहिरो र तराई तथा समथर क्षेत्रमा भेलबाढीको खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेका हुन् ।
यो वर्ष अधिक वर्षा हुने अनुमान गरिएसँगै गण्डकी प्रदेश सरकारले जनधनको क्षति रोक्न प्रतिकार्य योजना तत्काल तयार पार्ने निर्णय गरिसकेको छ । पदबहालीकै दिन मुख्यमन्त्री पोखरलेले उक्त निर्णय गरेका हुन् ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु