पोखरा । कोरोना माहामारीको विषम परस्थिती सँगसँगै पोखरा – १९ लामाचौरका किसानलाई असार लागि सक्दा पनि रोपाई गर्न नपाइने पिरले सताइरहेको छ, उनीहरु यतिबेला हुर्किसकेको धानको बीउ र बाँझो जमिन हेरेर बस्न बाध्य छन् । विगतका वर्षमा भने असारको पहिलो साता झण्डै ३० – ४० प्रतिशत खेतमा धान रोपाई भइसक्ने गरेको थियो ।
लामाचौर बाइसफाँट भोटीखोला सिचाई अन्तर्गत भोटीखोला सामुदायिक वन क्षेत्रमा यही जेठ २४ गते राती परेको पानीका कारण गएको पहिरोले सिचाँई नहर पुरेपछि लामाचौर फलाँयफाट लगायतका क्षेत्रमा धान रोपाइँको तयारीमा रहेका कृषक अन्योलमा परेका छन् ।
गत वर्ष लामाचौर भुजरुङ्खोला सडक अन्तर्गत धार्मीको बेशीचोकमा बाटो पहिरोले भत्काए पछि पहिरो पन्छाउन तथा डाँडा कटान गरी वैकल्पिक बाटो बनाउँदा निस्किएको ढुंगामाटो भीरबाट तल नहर माथि फालिएको र हालको बर्षाका कारण सोही ढुङ्गा माटो तल झरेर नहर अवरुद्ध बनाएको सिचाँई उपभोत्ता समितिका अध्यक्ष होमनाथ गौतमले बताए । अध्यक्ष गौतमका अनुसार जेठ २५ गते नै सिचाँई उपभोत्ता समिति वडा कार्यलय हुँदै सिचाँइ विकास डिभिजन कार्यालयसम्म उत्त पहिरो हटाउँन बजेट सहितको निवेदन लिएर गएको भएपनि हालसम्म पहिरो पन्छाउने काम अगाडि बढेको छैन ।
यता पोखरा – १९ का वडा अध्यक्ष शोभामा्ेहन पौडेल भने सिचाँइ विकास डिभिजन कार्यालयसँग समन्वय भइरहेको र नहर पुनः संचालनमा ल्याउन आफूहरूको तर्फबाट गर्नुपर्ने कार्यमा गम्भिरताका साथ लागिरहेको बताउँछन् ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका डिभिजन इन्जिनियर किरण आचार्यका अनुसार प्रदेश सरकार तथा संघीय सरकार दुबै तर्फ पहिरो पन्छाउन बजेट को लागि पहल गरिसकिएको जसमा प्रदेश सरकार सकारात्मक रहेको उनको भनाई छ, अहिले आर्थिक वर्षको अन्तिम चरण भएको साथै प्रदेश सरकारको पछिल्लो राजनितिक घटनाक्रमले बजेट निकास हुन केही जटिलता रहेको उनको भनाइ छ ।
पछिल्लो एक वर्ष यता कोरोना माहामारीले निम्त्याएको असहज परिस्थितिका बीच हाल केही दिन यताको निरन्तर वर्षाका कारण खोलामा पानीको बहाव प्रशस्त रहेपनि हेरेर बस्नुको विकल्प नरहेको साथै नहर संञ्चालनमा ल्याउन ढिला भए धानको बीउ नै बिग्रिएर जाने र जमिन बाँझै रहने चिन्ता बढेको कृषक शेर बहादुर भण्डारी बताउँछन् ।
हिँउदे बाली खासै नहुने यस क्षेत्रमा वर्षे वाली अन्तर्गत धाँन खेती नै मुख्य खेतीको रुपमा रहेकोले समय मै खेती गर्न नपाउने हो भने आउँदो दिनमा आफूहरूका्े परिवारको जीविकोपार्जनमा झनै समस्या आउने भण्डारीको भनाई छ ।
पोखरा १९ लामाचौर फलाँयफाँट लगायतका क्षेत्रको झण्डै ४५० हेक्टर जमिनमा धान खेती गरिदै आएको छ, तर यो वर्ष भने किसानहरुमा खेती हुने या नहुने अन्यौलता कायमै रहदा केही दिन देखी परिरहेको अविरल वर्षाका कारण झनै ठुलो क्षतिकाे संभावना रहेको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो