खराब मौसमका कारण मुख्यमन्त्रीलाई लिन गएको प्रभु एयरको हेलिकोप्टर ल्याण्ड गर्न सकेन

खराब मौसमका कारण मुख्यमन्त्रीलाई लिन गएको प्रभु एयरको हेलिकोप्टर ल्याण्ड गर्न सकेन

krishnachandra

बाढी प्रभावित मनाङ जिल्लाको अवलोकनमा निस्किएका मुख्यमन्त्रीसहितको टोली खराब मौसमका कारण मनाङमै अड्किएका छन्

गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित अवलोकनमा गएको टोली मौसम बिग्रिएपछि मनाङ जिल्ला सदरमुकाम चामेमा रोकिएको हो।

टोलीमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित मन्त्री दीपक मनाङे र सांसद चिन्तबहादुर घले छन् ।

मुख्यमन्त्री पोखरेल बिहीबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरबाट मनाङ गएका थिए । सेनाको हेलिकोप्टर उद्धारको अरु काम गरेर फर्किएको थियो ।

उनलाई लिन पोखराबाट प्रभु एयरको हेलिकोप्टर गएपनि खराब मौसमका कारण ल्यान्ड गर्न नसकी हेलिकप्टर पुनः पोखरा नै फर्किएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ