गोरखा । गोरखाको बारपाकमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको छ ।
करिब ११ सय ५० घर रहेको बारपाकमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए।
केन्द्रको सहयोगमा ७० लिटर क्षमताको मिनिप्लान्ट निर्माण सम्पन्न भएको उनले बताए। केन्द्रका इन्जिनियर रितेश देव नेतृत्वको टोलीले जडान सम्पन्न गरेको उक्त मिनिप्लान्ट वडा कार्यालयलाई हस्तारण समेत भएको वडाध्यक्ष गुरुङको भनाई छ ।
बारपाक स्वास्थ्य चौकी नजिकै रहेको स्थानीय महिला समूहको भवनमा जडान गरिएको अक्सिजन प्लान्ट एकैपटकमा १२ जना बिरामीलाई अक्सिजन दिन मिल्ने उनले बताए।“महिला समूहको भवनमा १२ शय्याको आइसोलेसन समेत निर्माण गरिएको छ, त्यही शय्यामा अक्सिजन समेत जडान गरिएको हो”, वडाध्यक्ष गुरुङले भने। अक्सिजन मिनिप्लान्ट जडान तथा उपकरण खर्च केन्द्रले नै व्यहोरोको हो । वडाध्यक्ष गुरुङले अहिले सञ्चालनमा रहेको आइसोलेसनलाई १२ शैयाको अस्पतालको रुपमा विकास गर्ने तयारी भइरहेको बताए।
सम्बन्धित खबर
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?