कास्कीको रुपामा बाघको आक्रमणबाट दुई जना घाइते

कास्कीको रुपामा बाघको आक्रमणबाट दुई जना घाइते

tiger

कास्की । कास्कीको रुपामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन्।

घाइते हुनेमा रुपा गाउँपालिका -७ धारापानी बस्ने ३४ वर्षीय तुल बहादुर गुरुङ र ३२ वर्षीय मिलन गुरुङ रहेका छन्।

शुक्रबार बिहान अन्दाजी ८ बजेको समयमा तुल बहादुर गुरुङ आफ्नै बारीमा घाँस काट्न जाँदा अचानक बाघ देखेपछि भाग्ने क्रममा बाघले पछाडीबाट आक्रमण गरी घाइते बनाएको हो ।

बाघले गुरुङलाई आक्रमण गरेको थाहा पाएपछि प्रतिकारमा उत्रिएका स्थानीय मध्ये मिलन गुरुङलाई समेत बाघले टाउकोमा आक्रमण गरी घाइते बनाएको छ ।

हाल घाइते दुबैको भिरचोक स्वास्थ्य चौकीमा उपचार भैरहेको छ भने स्थानीयको प्रतिकारबाट बाघ मरेको छ ।घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ