म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको छ । बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्न थालेको थियो । यसअघि नदी किनारमा ढलान, ग्यावीयन र मेसिनरी पर्खाल निर्माण गरिदै आएको थियो ।
बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले जगमा आरसिसी र माथि मेसिनरी अथवा ग्यावीयन पर्खाल लगाउने कम्पोजिट पर्खाल सफल देखिएको बताए। “यस्तो पर्खाल लगाएको ठाउँमा बाढीले क्षति पु¥याएको छैन,” उनले भने, “आगामी वर्षको योजनामा पनि यो खालको पर्खाललाई निरन्तरता दिने सोच छ।” यस वर्ष मङ्गलाघाट र कालीपुल क्षेत्रमा एक सय मिटर भन्दा बढी उक्त पर्खाल निर्माण भएको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा आरसिसी, मेसिनरी र ग्यावीयन पर्खाल बनाएर नदी नियन्त्रण गर्ने प्रस्ताव गरिएको थियो ।
खोलाको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी गरेको पर्खाल बनाइएको परियोजनाका इञ्जिनियर कृष्ण बिश्वकर्माले बताए। मङ्गलाघाटतर्फ आरसिसी पर्खाल माथि साढे तीन मिटर अग्लो मेसिनरी र कालीपुल क्षेत्रमा साढे तीन मिटरकै अग्लो ग्यावीयन पर्खाल लगाइएको छ । कालीगण्डकीमा मङ्गलबार राति आएको बाढीले बेनीको सङ्गमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा यसअघि निर्माण भएको करिब ३० मिटर ग्यावीयन पर्खाल लडाएर कटान गर्न थालेको छ । विसं २०७५ भदौमा कालीगण्डकीमा आएको बाढीले मङ्गलबार भत्किएको भन्दा माथि निर्माण भएको पक्कि पर्खाल पल्टाएको थियो ।
कम्पोजिट पर्खाल निर्माण भएको ठाउँमा बाढीले क्षति पु¥याएको छैन। अस्थाइ प्रकृतिको ग्यावीयन र पक्कि आरसिसी पर्खाल दुबैले बाढी थेग्न नसकेपछि विकल्पमा उक्त पर्खाललाई प्राथमिकता दिएको परियोजनाका इञ्जिनियर बिश्वकर्माले बताए।
यसअघि निर्माण भएको पक्कि आरसिसी पर्खाल बाढीले लडाएपछि त्यसको विकल्प खोजीएको थियो । परियोजनाले यस वर्ष म्याग्दी बेनी तर्फ रु। तीन करोड र पर्वत बेनीतर्फ रु। दुई करोड बराबरको नदी नियन्त्रणको काम गरेको छ । जलजला गाउँपालिका ३ मा पर्ने गुफाटोल क्षेत्रमा ४५ मिटर लामो र ६ मिटर अग्लो पक्की पर्खाल निर्माण भएको छ । वारिबेनी र बगरफाँट स्थित कालीगण्डकी किनारमा थप ग्यावीयन पर्खाल निर्माण भएको छ । म्याग्दी बेनी तर्फ पनि यसअघि निर्माण भएको पर्खाल संरक्षणका लागि थप पर्खाल लगाइएको छ । उर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जोखिमयुक्त जिल्ला सदरमुकाम बचावट कार्यक्रम अन्तरगत परियोजनाले बेनीमा तीन वर्षयता नदी नियन्त्रण आयोजना सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित खबर
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो